"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपाको केन्द्रीय समिति बैठक १० एजेण्डामा छलफल

प्रकाशित मिति :  21 August, 2024 3:36 pm


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बुधबारबाट सुरु भएको छ । बैठकमा १० वटा एजेण्डा तय भएको छ । बैठकले पार्टीले अब अघि बढाउने संगठन निर्माणसम्बन्धी कार्यक्रमहरूबारे निर्णय गर्नेछ ।

बैठकका समसामयिक राजनीति र पार्टी गतिविधि, राष्ट्रिय भेला कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम, संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धीबारे छलफल हुनेछ ।

त्यस्तै स्थानीय तह उपनिर्वाचन,संविधान दिवसको कार्यक्रम, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएकोबारे र केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदन सम्बन्धमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका