"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारी जोगाउने हदम्याद कुनै हालतमा स्वीकार्य हुँदैन : सांसद् केसी

प्रकाशित मिति :  21 August, 2024 7:56 pm


काठमाडौँ – सत्तारुढ कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार छानबिनका लागि कुनै पनि हालतमा हदम्याद राखेर कानुन निर्माण गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसद केसीले चर्चित भ्रष्टाचार प्रकरणमा संलग्नलाई उन्मुक्ति दिनका लागि कानुनमा नै हदम्याद राख्न लागिएको आंशका व्यक्त गरेका छन् । 

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्ना धारणा राख्दै केसीले भ्रष्टाचारको छानबिन तथा अनुसन्धानपछि अभियोजन गर्ने हदम्याद राख्दा भ्रष्टाचारी जोगाउने प्रयास हुने बताए । कानुन देखाएर भ्रष्टाचारी जोगाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो ।

‘भ्रष्टाचारीलाई जोगाउन सरकार नै लागिपरेको छ भन्ने जनभावना बढिरहेको छ, यस्तो अवस्थामा भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा चलाउन पाँच वर्षे हदम्याद राख्नु लोकतन्त्रप्रतिकै चुनौती हो,’ केसीले भने, ‘चर्चित भ्रष्टाचारका काण्डको छानबिन गर्न हदम्याद राख्दा भ्रष्टाचारी जोगाउने हुनसक्छ, यसले विद्रोह जन्माउँछ, मुद्दा चलाउने कुनै सीमा हुनुहुँदैन, हदम्याद कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ भ्रष्टचारीलाई लुकाउने र जोगाउने गरी पाँच वर्षे हदम्याद राख्न नहुने उनको भनाइ थियो ।

रास्वपा सांसद रोशन कार्कीले भ्रष्टाचार निवारणका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन आवश्यक रहेको बताइन् । उनले भ्रष्टाचार प्रकरणको छानबिन गर्न हदम्याद राख्न नहुनेमा स्पष्ट पारिन् । ‘हदम्याद किन र केका लागि राख्ने ? यही हालतमा पारित गर्ने हो भने यो ऐनले भ्रष्टाचार निवारण गर्ने नभई प्रोत्साहित गर्छ,’ कार्कीको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका