"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

प्रकाशित मिति :  22 August, 2024 7:10 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेका कामहरूबाट नागरिकमा आशा जाग्न थालेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले सरकारले यथार्थमा परिवर्तन ल्याउने काम गर्ने भन्दै सरकारले थालेका कामहरूबाट आशा जाग्न थालेको बताएका हुन्।

‘हामी जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा लागेका छौँ र छोटो परिणाम देखिन थालेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘गतवर्षको तुलनामा साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्च वृद्धि भएको छ।’

उनले घरजग्गा कारोबार वृद्धि हुँदै गएको, पुँजिबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको बताए। उनले भने, ‘राष्ट्रका घोषित नीतिहरूको उद्देश्य पुरा गर्न यो सकारात्मक संकेत हो। यस्ता कुराहरूले अवश्य नै जनतामा निराशा होइन, आशावादित जगाउँदै जानेछ।’

भ्रष्टाचार नियन्त्रण गर्न सरकारले लिएको नीति मौखिक प्रतिबद्धता मात्र नभएर व्यवहारमै उतार्ने र त्यसका लागि सवै निकायसँग समन्वय र सहकार्य गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

ओलीले जनतामा जति असन्तुष्टि छ त्यो भन्दा बढी असन्तुष्टि छ भनेर जनता भड्काउने काम भइरहेको पनि बताएका छन्। जति नकारात्मक बोल्यो त्यति प्रचलित भइन्छ भन्नेले जनतामा असन्तुष्टि छ भनेर देखाउन खोजेको जिकिर उनको थियो।

‘जनतामा जति असन्तुष्टि छन् त्यो भन्दा बढी बनाउन खोजिएको छ भड्काउन खोजिएको छ। अरू प्रकारका मनसाय होलान्‚’ उनले भने‚‘दलहरूबिच अस्वास्थ्य प्रतिस्पर्धा अहिलेको प्रणाली मन नपराउनेको चलखेल हुन सक्छ। अथवा देशप्रति जिम्मेवार हुन चाहेर पनि नजान्ने र नकारात्मक भाषा बोल्यो त्यति प्रचलित हुने र कुनै पनि प्रकारले जिम्मावर लिन नखोज्ने जनतामा निराशा छ भन्ने फैलाए।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचारजन्य गतिविधिमा शून्य सहनशीलता बनावटी देखावटी कुरा नभएको उल्लेख गरे। उनले भ्रष्टाचारको विषय छडिक प्रचारबाजीको विषय अहिलेको सरकारले नबनाएको पनि स्पष्ट पारे।

सांसद नारायण खड्काले सोधेको प्रश्नको जवाफ दिँदै उनले संविधान संशोधनको प्रतिगमन हो भन्नेलाई जवाफ दिएको भन्दै उनले अहिले सरकारमा भएको लोकतन्त्र बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली ल्याउन भूमिका खेलेर आएको बताए।

‘यी दलहरूले नेपालको राजनीतिलाई अर्थ नीति समाजलाई अघि बढाउने सन्दर्भमा नेपाललाई कानुनी राजमा अघि बढाएन भूमिका खेलेर आएका छन्,’ उनले भने, ‘यसमा सन्देशको कुनै गुन्जाइस् छैन। कुनै हिसाबले प्रतिगममा जाला भन्ने यो भ्रम मात्र हो भ्रम फिँजाउने प्रयास मात्र हो यसको कुनै अर्थ छैन।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने