"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली सेनामा २८० जना अधिकृत पदमा रोजगारी अवसर

प्रकाशित मिति :  23 August, 2024 10:29 am


काठमाडौँ, भदौ ७ गते । नेपाली सेनामा रिक्त अधिकृत पद (सहायक सेनानी र उपसेनानी) मा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । रिक्त २८० पदका लागि आवेदन आह्वान गरिएको हो । 

भर्ना छनाेट निर्देशनालयले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्ने जनाएको छ । 

फारम भरी सो को प्रिन्ट सहित स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा दरखास्त पेस गर्न आह्वान गरिएको छ ।  आगामी असोज ६ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द