"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आत्मविश्वाससहित जनताका मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

प्रकाशित मिति :  26 August, 2024 12:20 pm


काठमाडौँ – गृहमन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन्। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले जनताका मुद्दा बोक्दा त्यसैमा प्रहरीका मुद्दासमेत समेटिने उल्लेख गरेका छन्।

‘प्रहरी साथीहरूलाई आत्मविश्वाससहित काम गर्न आग्रह गर्छु, जनताका मुद्दा बोक्नुपर्‍यो, जनताका मुद्दा बोक्दा आफ्ना मुद्दा पनि आइहाल्छन्,’ गृहमन्त्री लेखकले भने।नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जाेडिएकाे उल्लेख गर्दै उनले जनताले उचित सेवा पाउनुपर्ने बताए।

फरक प्रसंगमा गृहमन्त्री लेखकले सरकार बनेका एक सय दिनमा १० वटा काम गर्ने योजनासहित आफू अघि बढेको पनि बताए। उनले संक्रमणकालीन न्यायका विषयमा निष्कर्षमा पुगिएको पनि बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका