"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लगानी मार्फत प्रतिफलयोग्य परियोजना बनाउन अर्थमन्त्रीको निर्देशन

प्रकाशित मिति :  १३ चैत्र २०७८, आईतवार २२:४८


काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट र उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान हस्ताक्षर गर्नुभएको हो ।
कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहनु भएको अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिनुभयो । उहाँले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहारलगायतमा शंशोधन गर्नुपर्ने बताउनुभयो । ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उहाँले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताउनुभयो ।
‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) ग¥यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उहाँले भन्नुभयो, ‘त्यसैले स्वदेशबाटै पँुजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’


उहाँले जलविद्युत परियोजनामा स्वदेशी तथा बिदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नुनपर्ने बताउनुभयो । ‘आफैं ऋण तिर्न सक्षम परियोजना छनौट ग¥यौं भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन । त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’ उहाले भन्नुभयो ।
उहाँले सरकार–निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
उहाँले लगानीको बाताबरण बढाई ‘डुईङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने धारणा राख्नुभयो । लगानीकर्तालाई छिटो र छरितो ढङले सहजीकरण गर्न बोर्डलाई उहाँले निर्देशन दिनुभयो । बिदेशी लगानी ल्याउँदा प्रविधि पनि सँगै भित्र्याउने सर्त राख्न उहाँले निर्देशन दिनुभयो । ‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ । प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ’ उहाँले भन्नुभयो ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल भट्टले ३ खर्बको परियोजना निर्माण प्रकृयामा गएको र केहीले उत्पादनसमेत दिन थालेको जानकारी दिनुभएको थियो । उहाँले बुझाइृमा एकरुपता र सोचमा स्पष्टता कायम गराएर लगानीकर्तासँग सहकार्य गर्ने बताउनुभयो । अहिले परियोजनाबारे अध्ययन गर्ने र थप सहजीकरण गर्ने समय छोट्याएको जानकारी दिनुभएको थियो ।
उहाँले कुन क्षेत्र र कुन परियोजनमा बिदेशी लगानी चाहिने वा नचाहिने भन्ने बारे अध्ययन गरेर निष्कर्षमा पुग्नका लागि सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बोर्ड र निजी क्षेत्रको सहकार्य ऐतिहासिक भएको बताउनुभयो । उहाँले चाँडै भारत र चीनमा लगानी सम्मेलन हुन लागेको र त्यहाँ उपस्थित भएर नेपालमा लगाानीका लागि आह्वान गर्ने जानकारी दिनुभयो । ‘बिदेशी लगानी सहज बनाउन हामीले गर्नुपर्ने प्रयास गर्नेछौं । सरकारले बारम्बार भोग्दै आएको शोधानान्तर घाटा र तरलता अभावको समस्याालाई सम्बोधन गर्नेगरी बिदेशी लगानी भित्र्याउन यो एमओयूले थप सहज बनाउने’ गोल्छाले भन्नुभयो ।




प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बागलुङ – बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ। चक्लाबन्दीमा गरिएको फलफूलखेतीले अधिकांश बाँझो जग्गा हराभरा हुन

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबिच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा रहेका नीतिगत समस्यालाई परिमार्जन गर्ने बताए । सोमबार

काठमाडौँ – सन् २०२४ को अगस्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डको तथ्यांकअनुसार सन् २०२३ को