"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  28 August, 2024 7:49 pm


काठमाडौँ । इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २०७० सालदेखि ठेकेदार र अध्यक्ष समेत रहेका कार्कीले समूहको निर्णय पुस्तिका तथा चेक बुक लगायतका कागजातहरू आफैँले राख्ने गरेको, वन उपभोक्ता समूहको नाममा रहेको बैङ्क खाताबाट रकम भुक्तानी लिई समूहको रकम ३० लाख ७८ हजार रुपियाँ वार्षिक कार्ययोजना स्वीकृत नगरी बदनियतपूर्वक खर्च गरी रकम हिनामिना गरेको र कटान आदेशभन्दा बढी आठ लाख ५५ हजार ५०४ को वन विनाश गरेको पुष्टि भएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा अध्यक्ष कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको आयोगले विज्ञप्तिमा उल्लेख छ ।  

यसैगरी, समितिको कोषाध्यक्ष रिता सम्बहाम्फे लोक्तामको संयुक्त दस्तखतमा खाता सञ्चालन भएको र निजले चेकमा हस्ताक्षर गरेको खुल्न आएकोले उनीविरुद्ध ३० लाख ७८ हजार ६०० रुपियाँ बिगो रकम कायम गरी जरिवाना एवम् असुल उपर हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार