"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षा सुधारका लागि ‘शैक्षिक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  29 August, 2024 10:23 am


स्याङ्जा – गल्याङ नगरको शैक्षिक उन्नयन र बिकासका लागि सरोकारवालाहरुको बिचमा ‘शैक्षिक अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।

गल्याङ नगरपालिका नगरप्रमुख एवम् नगर शिक्षा समितिका अध्यक्ष गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस गल्याङ नगर उपसभापति भेक प्रसाद श्रेष्ठ ,नेकपा एमाले नगर कमिटी अध्यक्ष दान बहादुर थापा,नेकपा माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष चित्र बहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टि गल्याङका सभापति टिकाराम भण्डारी,वडा नम्बर १ देखि ११ सम्मका अध्यक्षहरु, नगर शिक्षा समितिका सदस्यहरु, कार्यपालिका सदस्यहरु लगायत गल्याङ नगरपालिका भित्रका सबै सामुदायिक र सस्थागत विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै विधालयका प्रधानाध्यापक,पार्टि प्रतिनिधी लगायत ६५ जना वक्ताहरुले गल्याङको शिक्षाको गुणस्तर वृद्धिका लागि गहन सुझावहरु राख्दै त्यसको कार्यान्वयनको लागि प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले शैक्षिक ब्यक्तित्वहरुले इमान्दारिता र कर्तब्यनिष्ठ तरिकाले आफ्नो विधालयमा नेतृत्व गरि समग्र समाजलाई माथी उठाउन भुमिका खेल्न अनुरोध गर्दै हरेक समस्यामा नगरले अभिभावकिय भूमिका निभाउन तयार रहेकोले सकारात्मक भावका साथ लाग्न अनुरोध गर्नु भएको थियो।

देशको शैक्षिक सुधार नभए सम्म अरु विकासले अर्थ नराख्ने बताउदै नगरप्रमुख भट्टराईले गल्याङको शैक्षिक अवस्थालाई सुधार गर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा शाखाका प्रमुख हिमाल भन्डारीले गल्याङ नगरपालिका भित्रका सामुदायिक विधालयहरुको समग्र सिकाई उपलब्धी पेश गर्नु भएको थियो।कार्यक्रममा उपस्थित सबै प्रधानाध्यापकहरुले सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा नगरपालिकालाई धन्यबाद दिदै कार्यक्रमको निरन्तरताका लागि अनुरोध गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द