"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’लाई ०८० को मदन पुरस्कार

प्रकाशित मिति :  30 August, 2024 2:07 pm


काठमाडौँ – वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले ०८० सालको मदन पुरस्कार प्राप्त गरेको छ। मदन पुरस्कार गुठीको आज बसेको बैठकले ०८० सालको मदन पुरस्कार ‘मुकाम रणमैदान’लाई प्रदान गर्ने निर्णय गरेको हो। बैठकले प्राडा योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय पनि गरेको छ। यादव भाषाशास्त्री हुन्। उनले लामो समय त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञानमा प्राध्यापन गरेका थिए।

मदन पुरस्कार विजेता ‘मुकाम रणमैदान’ नेपाल–अंग्रेज युद्धसँग सम्बन्धित छ। अंग्रेजसँगको युद्धका क्रममा नेपालले प्रदर्शन गरेको वीरतालाई उनले किताबमा लिपिबद्ध गरेका छन्। मुकाम रणमैदान स्वदेशी वा विदेशी इतिहासकार, अनुसन्धाता, लेखक कसैले पनि नलेखेको, नदेखेको वा लेख्न नसकेको विषयमा लेखक मैनालीको खोज, अनुसन्धान र लेखनको किताब हो। 

मदन पुरस्कार गुणीले मदन पुरस्कार २०७७ का लागि विभिन्न पाँचवटा पुस्तक छनोट गरेको थियो। मुकाम रणमैदानसहित भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणीता चामलिङको ‘भावलिपि’ र रोशन थापा ‘नीरव’को ‘सन्त्रासका साठी दिन’ मदन पुरस्कारका लागि अन्तिम सूचीमा छानिएका थिए।

मैनालीका उपल्लो थलो (सन् २०२०), नदेखेको देश (सन् २०१८), मान्ठ डराएको जुग (सन् २०१५), आकाशमुखी (अनुवाद) पुस्तक प्रकाशित छन्। लेखनसँगै मैनालीले वृत्तचित्र निर्माणमा पनि विशिष्ट छवि बनाएका छन्। उनले निर्माण गरेको ‘जोगीमाराका ज्युँदाहरू’ नामक वृत्तचित्र निकै चर्चित भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार