"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं विश्वविद्यालयको २९औ दीक्षान्तमा २ हजार ३१४ विद्यार्थी दीक्षित

प्रकाशित मिति :  १४ भाद्र २०८१, शुक्रबार १४:४४


काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका हुन् ।

दीक्षित हुने मध्ये १ हजार १ सय ८६जना अर्थात ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८ जना अर्थात ४८.७५ प्रतिशत छात्रा रहेका छन् ।

त्यस्तै अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत विद्यार्थी दीक्षित भए ।

समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सीजीपीए ल्याउने छात्रा मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सीजीपीए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको छ ।

त्यस्तै भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स, पोखराका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वर्णपदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वर्णपदक स्कुल अफ मेकिडल साइन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वर्णपदक सुश्री रनिषा पौडेललाई प्रदान गरिएको छ ।

विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तीण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, प्रमुख अतिथि संस्कृतविद्‌ डा. जगमान गुरूङ्ग, सह-कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‌ले

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि