"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पद्मश्री साहित्य पुरस्कार कृष्ण गौतमको अद्वैतलाई, पवन चामलिङलाई पद्मश्री साधना सम्मान

प्रकाशित मिति :  २४ भाद्र २०८१, सोमबार १९:२१


काठमाडौं । २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ले पाउने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले अद्वैतलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रखर समालोचक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

गौतमको उपन्यास ‘अद्वैत’लाई यसअघि ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८०’ प्रदान गरिएको थियो । चितवनको कविडाँडा साहित्य समाजले एक लाख २५ हजार नगद र कदरपत्रसहित पुरस्कार प्रदान गरेको हो ।

यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री हुन् ।

यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई अर्पण गर्ने प्रतिष्ठानले जनाएको छ ।

यी पुरस्कारहरुको राशी जनही ३ लाख नगद तथा सम्मान पत्र रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तक छनोट गरेको छ। चार लाख दुई हजार दुई

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहज रूपमा समाधान गर्न नसकिने बताउनुभएको

काठमाडौँ – वरिष्ठ पत्रकार तथा लेखक मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले ०८० सालको मदन पुरस्कार प्राप्त गरेको छ। मदन पुरस्कार गुठीको