"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी सेवालाई आधुनिक रुपमा परिवर्तन गरेका छौं : प्रधानमन्त्री

प्रकाशित मिति :  14 September, 2024 4:03 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा अब फटाफट फाइल सर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नागरिकलाई प्रदान गर्ने सेवाको तरिकालाई परिवर्तन गरेको जानकारी दिँदै अब फाइलहरू कतै अड्किएर नबस्ने बताएका हुन्।

‘हामीले सेवाको तरिकालाई पहिलेको तरिकाभन्दा अलिकति परिवर्तन गरेका छौं। फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरु हुने छैनन्। फाइल फटाफट सर्छ,’ उनले भने। प्रधानमन्त्री ओलीले एक ठाउँबाट सुरू भएको फाइल कुन प्रक्रियामा छ भन्ने कुरा प्रधानमन्त्री कार्यालयले नै थाहा पाउने बताए।

‘हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौं। त्यसमा क्युआर कोर्ड राखिदिएका हुन्छौं, त्यो क्युआर कोर्डबाट फाइल कहाँनेर छ, त्यहाँबाट किन अल्झियो, किन घर्रामा बस्यो भनेर प्रधानमन्त्री कार्यालयले ट्रयाकिङ गर्नसक्छ,’ प्रधानमन्त्री ओलीले भने।

नागरिकलाई छिटो छरितो सरकारी सेवा दिन डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जित गरिएको उनले बताए। त्यसकारण  आफूले पाउने सुविधाका लागि नागरिकले घुस खुवाउन नपर्ने प्रधानमन्त्री ओलीले बताए।

‘सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन। काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन। कतै भन्सुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ,’ उनले भने। 

  • न्युज एजेन्सी नेपालबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता