"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारी सेवालाई आधुनिक रुपमा परिवर्तन गरेका छौं : प्रधानमन्त्री

प्रकाशित मिति :  14 September, 2024 4:03 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा अब फटाफट फाइल सर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नागरिकलाई प्रदान गर्ने सेवाको तरिकालाई परिवर्तन गरेको जानकारी दिँदै अब फाइलहरू कतै अड्किएर नबस्ने बताएका हुन्।

‘हामीले सेवाको तरिकालाई पहिलेको तरिकाभन्दा अलिकति परिवर्तन गरेका छौं। फाइल रोकेर एक ठाउँमा बस्ने तरिका, यस्ता कुराहरु हुने छैनन्। फाइल फटाफट सर्छ,’ उनले भने। प्रधानमन्त्री ओलीले एक ठाउँबाट सुरू भएको फाइल कुन प्रक्रियामा छ भन्ने कुरा प्रधानमन्त्री कार्यालयले नै थाहा पाउने बताए।

‘हामीले फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेका छौं। त्यसमा क्युआर कोर्ड राखिदिएका हुन्छौं, त्यो क्युआर कोर्डबाट फाइल कहाँनेर छ, त्यहाँबाट किन अल्झियो, किन घर्रामा बस्यो भनेर प्रधानमन्त्री कार्यालयले ट्रयाकिङ गर्नसक्छ,’ प्रधानमन्त्री ओलीले भने।

नागरिकलाई छिटो छरितो सरकारी सेवा दिन डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जित गरिएको उनले बताए। त्यसकारण  आफूले पाउने सुविधाका लागि नागरिकले घुस खुवाउन नपर्ने प्रधानमन्त्री ओलीले बताए।

‘सबै सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनुपर्ने छैन। काम गरेबापत कुनै नजाराना केही चढाउनुपर्ने छैन। कतै भन्सुन गर्न जानुपर्ने छैन। त्यस प्रकारको परिपाटी हामी बिस्तार गर्दैछौँ,’ उनले भने। 

  • न्युज एजेन्सी नेपालबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू