"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

प्रकाशित मिति :  17 September, 2024 4:21 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका वन्दनीय रहेको बताए । नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए ।

सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको वास्तविकता सुनाउँदै राष्ट्रपति पौडेलले जनतालाई सत्य सूचना सम्प्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोग गर्दै लोकतन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउन सञ्चारकर्मी सधैँ सचेत रहनुपर्ने बताए ।

उनले साक्षर मात्र नभइ सञ्चारका अन्य माध्यममा पहुँच नभएका निरक्षरका लागि सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चारमाध्यम रेडियो भएकाले जनताप्रति रेडियोकर्मीको भूमिका अझ महत्त्वपूर्ण हुने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता