"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

प्रकाशित मिति :  18 September, 2024 6:47 pm


काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको पक्षमा ६६, विपक्षमा १५ मत र मत दिन्न भन्नेमा शून्य मत परेको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरे । मतदानमा ८३ सांसदले भाग लिएका थिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । कोशी प्रदेशसभामा ९३ सदस्य छन् ।

जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले