"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति :  20 September, 2024 6:46 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस भएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्त्वपूर्ण रहेको बताए ।

उहाँले वित्तीय सङ्घीयता अन्तर्गत राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्नेलगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी, राष्ट्रपतिसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू