"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शमी साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टा पुरस्कृत

प्रकाशित मिति :  25 September, 2024 4:53 pm


काठमाडौँ – शमी साहित्य प्रतिष्ठानले ६ जना स्रष्टाहरूलाई सम्मान गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा गत शनिबार प्रतिष्ठानले एक कार्यक्रमबिच स्रष्टाहरूलाई शमी साहित्य साधना २०८१ बाट सम्मान गरेको हो।

सम्मानित हुने स्रष्टाहरूमा कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन र प्राडा कृष्णप्रसाद दाहाल रहेका छन्। सम्मानित  स्रष्टाहरूलाई सभामुख घिमिरेले जनही रु. ५० हजारसहित ताम्रपत्र हस्तान्तरण गरे।

सोही कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा लेखक/साहित्यकार गंगाप्रसाद उप्रेतीद्वारा लिखित ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ लोकार्पण गरियो। कार्यक्रममा लेखक तथा पूर्वकुलपति गंगाप्रसाद उप्रेती, प्राडा देवीप्रसाद नेपाल, डा. कृष्णहरि बराल, बैरागी काइँला, डा. नवराज लम्साललगायत साहित्यकारहरूको उपस्थिति थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको