"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मनसुनी प्रक्षेपण : शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन प्राधिकरणको अपिल

प्रकाशित मिति :  26 September, 2024 6:52 pm


काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण  तथा व्यवस्थापन प्राधिकरणले आजदेखि आउँदो आइतबारसम्म चार दिन भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गर्दै उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा  शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन अपिल गरेको छ ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै यो समयमा धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्ने, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने उल्लेख गरेको छ ।

खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा राख्न, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही ‘अलर्ट’ मा रहन पनि प्राधिकरणले

अपिल गरेको छ ।

 Forecast of heavy rain: Authority's appeal not to run buses on Friday and Saturday night



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक