"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढी, पहिरो प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचार प्रभावकारी रूपमा हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  30 September, 2024 7:02 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए ।

‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना दिएर पहिरो जाँदैन । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो,’ ओलीले भने, ‘मैले पाएको जानकारीअनुसार आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।’

सरकारले आफ्नो क्षमताअनुसार उद्धार, राहतलगायतका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफू विदेशमा हुँदा पनि नेपालमा भइरहेका घटनाको जानकारी लिएको ओलीले बताए । आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता