"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढी, पहिरो प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचार प्रभावकारी रूपमा हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  30 September, 2024 7:02 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको र अझ प्रभावकारी रूपमा गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा सरकारले आफ्नो क्षमताअनुसार काम गरेको बताए ।

‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । पूर्वसूचना दिएर पहिरो जाँदैन । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो,’ ओलीले भने, ‘मैले पाएको जानकारीअनुसार आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।’

सरकारले आफ्नो क्षमताअनुसार उद्धार, राहतलगायतका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । आफू विदेशमा हुँदा पनि नेपालमा भइरहेका घटनाको जानकारी लिएको ओलीले बताए । आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू