"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपद्‌पीडितलाई राहत सहयोगमा साथ दिन प्रधानमन्त्रीको आव्हान

प्रकाशित मिति :  1 October, 2024 5:28 pm


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्‌पीडितलाई राहत रकम वितरणको काम सुरु भइसकेकाे बताएका छन्। उनले खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलिन सक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उनले बताए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ जनाको मृत्यु भएको उल्लेख छ।

यस्तै २४ जना बेपत्ता र १ सय ५८ जना घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ। विपद्को घटनाबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन्।

ओलीले बाढी पहिरो प्रभावितको उद्धारमा सरकारले सकेको गरेको बताएका छन्। ‘यसप्रकारको वर्षा भएर बाढी पहिरो जाला भन्ने अनुमान थिएन,’ उनले भने, ‘यसप्रकारको भौतिक र मानविय क्षति होला भन्ने अनुमान गिथएन। सरकारले पूर्व तयारी नगरेको होइन। यो अलि ठूलै आइपर्‍यो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ११ बजेदेखि

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तराई/मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण घटनाक्रमका विषयमा शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवसँग करिब एक

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ