"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि सेवा आयोगका पूर्वप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

प्रकाशित मिति :  29 March, 2022 5:55 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह-प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका प्रशासन प्रमुखसहित ६ जनामाथि परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०७३।११।१८ मा प्रकाशित विज्ञापन नं. १८।०७३।०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल भएको आरोपमा मुद्दा दर्ता भएको हो ।

परीक्षामा आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाइएको पनि आयोगले आरोप पत्रमा उल्लेख गरेको छ । परीक्षा सहभागी उम्मेदवारको प्राप्तांकमा केरमेट गरिएको र अंक थपघट गरी नतिजासमेत फेरबदल गरेको पाइएको आयोगले जनाएको छ । त्यस्तै उत्तर नलेखेका उम्मेदवारलाई समेत अंक दिई उत्तीर्ण गराएकोसमेत पाइएको आयोगले बताएको छ ।

लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्यमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह-प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह-प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.वि. का तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध अख्तियारले मुद्दा हालेको हो ।

उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दस हजार रुपैयाँसम्म जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ