"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिवि सेवा आयोगका पूर्वप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

प्रकाशित मिति :  29 March, 2022 5:55 pm


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय(त्रिवि) सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह-प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका प्रशासन प्रमुखसहित ६ जनामाथि परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०७३।११।१८ मा प्रकाशित विज्ञापन नं. १८।०७३।०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल भएको आरोपमा मुद्दा दर्ता भएको हो ।

परीक्षामा आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाइएको पनि आयोगले आरोप पत्रमा उल्लेख गरेको छ । परीक्षा सहभागी उम्मेदवारको प्राप्तांकमा केरमेट गरिएको र अंक थपघट गरी नतिजासमेत फेरबदल गरेको पाइएको आयोगले जनाएको छ । त्यस्तै उत्तर नलेखेका उम्मेदवारलाई समेत अंक दिई उत्तीर्ण गराएकोसमेत पाइएको आयोगले बताएको छ ।

लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्यमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह-प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह-प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.वि. का तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध अख्तियारले मुद्दा हालेको हो ।

उनीहरूविरुद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दस हजार रुपैयाँसम्म जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै