"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० आई क्रिकेट : अमेरिकाविरुद्ध नेपालको ‘क्लीनस्वीप’

प्रकाशित मिति :  21 October, 2024 5:03 pm


काठमाडौँ – घरेलु मैदानमा नेपालले अमेरिकालाई ‘क्लीनस्वीप’ गरेको छ। ३ खेलको टी-२० आई क्रिकेट शृंखलामा नेपालले तीन खेलमै जित निकाल्दै ‘क्लीनस्वीप’ गरेको हो।

आज भएको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको सानदार जितेको छ। अमेरिकाको डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे। अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक-एक विकेट लिए ।

यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो। यससँगै नेपालले एक खेल अगाव नै सिरिज जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं – जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का ७ जना मन्त्रीले सम्पत्ति विवरण बुझाएका छन् ।

काठमाडौँ — निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्