"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी-२० आई क्रिकेट : अमेरिकाविरुद्ध नेपालको ‘क्लीनस्वीप’

प्रकाशित मिति :  21 October, 2024 5:03 pm


काठमाडौँ – घरेलु मैदानमा नेपालले अमेरिकालाई ‘क्लीनस्वीप’ गरेको छ। ३ खेलको टी-२० आई क्रिकेट शृंखलामा नेपालले तीन खेलमै जित निकाल्दै ‘क्लीनस्वीप’ गरेको हो।

आज भएको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध ८ विकेटको सानदार जितेको छ। अमेरिकाको डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो।

नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे। अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक-एक विकेट लिए ।

यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एकरएक विकेट लिए । नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले हराउँदा दोस्रो खेल सुपरओभरमा जितेको हो। यससँगै नेपालले एक खेल अगाव नै सिरिज जितेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर