"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महानिर्देशकसहित ४० सहसचिवको सरूवा [सूची]

प्रकाशित मिति :  21 October, 2024 6:22 pm


काठमाडौँ –  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग र भूमि व्यवस्थापन विभागका महानिर्देशक र प्रदेश सचिवहरू हेरफेर गरेको हो ।

सरकारले उद्योग विभागका महानिर्देशक यज्ञराज कोइराला र भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटालाई राष्ट्रिय योजना आयोगमा सरूवा गरेको छ । राष्ट्रिय समावेशी आयोगको सचिवमा बलराम निरौलालाई खटाएको छ ।

त्यस्तै, सहसचिवहरू डिलाराम पन्थी, रामकुमार महत्तो, जयकुमार घिमिरे, राजेन्द्रदेव पाण्डे, बाबुराम भण्डारी, बद्रीनाथ अधिकारी, रुद्रप्रसाद पण्डित, बेदप्रसाद भण्डारी, दामोदर गौतम, विनयकुमार कर्ण, शरणकुमार पाण्डे, विष्णु भण्डारी, इन्द्रदेव भट्ट, इश्वरचन्द्र मरहट्टा, सुरतकुमार बम, प्रेमकुमार सिंह र अणप्रसाद न्यौपानेलाई विभिन्न प्रदेशअन्तर्गत प्रदेश सचिवकारूपमा खटाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- वैदेशिक रोजगार विभागका सुब्बा घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ

काठमाडौँ – सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा