"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल फाइनलमा बंगलादेशसंग भिड्ने

प्रकाशित मिति :  28 October, 2024 12:24 pm


काठमाडौँ – नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा पुगेको छ। दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो। निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।

पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन। दोस्रो हाफ निकै तनावपूर्ण रह्यो। रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकिएको थियो। खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो ।

भारतले गोलको खुसी मनाइरहेको अवस्थामा नेपालले  किकअफमा गोल गरे पनि रेफ्रीले गोललाई मान्यता दिइनन्। यद्यपि  रेफ्रीले आफैँ सिट्ठी बजाएर खेल सुरु गरेकी थिइन्। नेपालले फेरि सुरु गरेको केहीबेरमा खेलमा विवाद भयो। झन्डै १ घण्टा खेल रोकिएको थियो।  खेल सुरु भएको केहीबेरमा नेपालले गोल फर्काएको थियो। सावित्रा भण्डारी (साम्बा) ले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्। त्यसपछि दुवै पक्षबाट गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुगेको हो।

टाइब्रेकरमा भारतको पहिलो प्रहारमा कप्तान आशालता देवीले पोस्टमा प्रहार गरिन्। सावित्राले नेपालको पहिलो पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रतामा दिलाएकी थिइन्। भारतकी मनीषाले दोस्रो प्रहारमा गोल गरिन्। नेपालकी गीता रानाले गोल गर्दै २-१ को अग्रता दिलाइन्।

त्यसपछि भारतले पुरुषोत्तम सिरोभ्करले गोल गर्दै खेल २-२ मा ल्याइन्। नेपालकी सविता राना मगरले तेस्रो प्रहारमा गोल गर्दै खेलमा नेपालको अग्रता कायम राखिन्। भारतको चौथो प्रहार गरेकी रञ्जना चानुको पेनाल्टीलाई अञ्जनाले रोकिन्। त्यसपछि अमिषा कार्कीले गोल गर्दै नेपाललाई जित दिलाइन्।

 नेपालले अब फाइनल खेल बंगलादेशसँग खेल्नेछ।  पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर