"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  28 October, 2024 4:35 pm


काठमाडौं – झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीविरुद्ध ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने मागदावी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको प्रवक्ता घिमिरेले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार