"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कृषकसँग कृषि प्राविधिक कार्यक्रम : पाँच हजार कृषक परिवार लाभान्वित

प्रकाशित मिति :  30 October, 2024 11:18 am


स्याङ्जा- गल्याङ नगरपालिकाले सञ्चालन गरेको कृषक सँग कृषि प्राविधिक कार्यक्रमबाट पाँच हजार बढि कृषक परिवार लाभान्वित भएका छन् । नगरपालिकाको ग्रामिण क्षेत्रका किसानहरुलाई लक्षित गरेर गरिएको कार्यक्रमबाट पाँच हजार एक सय १७ कृषक परिवार लाभान्वित भएका हुन् ।

गल्याङ नगरपालिकाको वडा नम्बर १ देखि ११ सम्मका वडाहरुमा सञ्चालन गरिएको कार्यक्रममा सहभागी भएर कृषकहरुले लाभ लिएका छन् । एउटा वडाको तीन देखि सात ठाउँसम्म गरी ६८ ठाउँमा कार्यक्रम सम्पन्न भएको गल्याङ नगरपालिकाले जनाएको छ ।

गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले गएको वर्ष जस्तै यस वर्ष पनि कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको बताए । उनले गएको वर्षको कार्यक्रममा तल्लो वर्गमा रहेका कृषकहरुसम्म फाइदा पुगेको पाइएपछि यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

नगरप्रमुख भट्टराईले भने – “जो गाउँघरमा १(२ वटा भैसी बाख्रा पालेर खेतबारीमा कृषि गरेर बसिरहेका साना किसानहरुलाई राज्य छ, स्थानिय सरकार छ, गुनासा समस्या राख्ने ठाउँ भन्ने जानकारी गराउन र गल्याङ नगरपालिकाले सञ्चालन गरिरहेका कृषि र पशु सम्बन्धित कार्यक्रमहरुको जानकारी गराइ जो बर्षौ देखि राज्य को सेवा सुविधाबाट टाढा रहे उनिहरुको नगरपालिकाको कृषि र पशु सम्बन्धिका कार्यक्रमहरुमा सहभागिता बढाउन कार्यक्रम गरिएको हो।”

साथै यो कार्यक्रमबाट गुजारा चलाइरहेका साना किसानहरुका लागि निकै लाभदायी हुने बताए । फर्म सञ्चालन गरेका कृषकहरु नगरपालिका सम्म आएर सुविधा लिएको भएपनि कहिल्यै नगरपालिकासम्म नआएका साना किसानहरु यो कार्यक्रमबाट लाभान्दीत भएका छन् । कार्यक्रमहरुमा कृषकहरुसग अन्तरक्रिया, छलफल गरि किसानहरुका समस्या, गुनासाहरुको समाधान पनि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र