"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

प्रकाशित मिति :  30 October, 2024 11:41 am


काठमाडौँ – परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्।

उनलाई समितिले अनुमोदन गर्नुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ भनेर प्रश्न सोधेका थिए। ‘राजदूत भनेको अवकाशको जीवन जिउने भनिन्छ, देशको हितमा काम गर्नुहुन्छ,’ उनको प्रश्न थियो। त्यसको जवाफमा लम्सालले भनिन्,‘मसँग भूराजनीतिमा काम गरेको अनुभव छ। देशको लागि मिल्ने कुरा गरेर देखाउँछु।’

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने/नगर्ने विषयमा सुनुवाई गरेको थियो। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- मतदाता नामावलीको म्याद मंसिर ५ गतेसम्मका लागि थपिएको छ। मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जानु भनेको गल्ती स्वीकार नगरी जनादेश माग्न जानु रहेको बताएका छन्। पार्टीको

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने विषयमा बहस जारी छ। असोज २८ गतेदेखि जारी

काठमाडौँ — निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८