"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

प्रकाशित मिति :  30 October, 2024 11:41 am


काठमाडौँ – परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन्। बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो। उनी अहिले परराष्ट्र सचिव छिन्।

उनलाई समितिले अनुमोदन गर्नुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ भनेर प्रश्न सोधेका थिए। ‘राजदूत भनेको अवकाशको जीवन जिउने भनिन्छ, देशको हितमा काम गर्नुहुन्छ,’ उनको प्रश्न थियो। त्यसको जवाफमा लम्सालले भनिन्,‘मसँग भूराजनीतिमा काम गरेको अनुभव छ। देशको लागि मिल्ने कुरा गरेर देखाउँछु।’

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्ने/नगर्ने विषयमा सुनुवाई गरेको थियो। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले