"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन तोक्यो रूसले गुगललाई यति धेरै जरिवाना ?

प्रकाशित मिति :  3 November, 2024 8:48 pm


एजेन्सी – रूसी अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ। बिबिसीका अनुसार गुगललाई तोकिएको जरिवाना ३७ अंकको छ। त्यसलाई डलरमा रूपान्तरण गर्दा २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० हुन्छ। गुगलले रूसका १७ वटा मिडिया च्यानललाई युट्युबमा प्रतिबन्ध लगाएपछि उक्त जरिवाना तोकिएको रूसी समाचार संस्था आरबिसीले जनाएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ११० ट्रिलियन डलर छ। रूसले तोकेको जरिवाना विश्व जिडिपीभन्दा बढी हो। रूसी राष्ट्रपति भवन क्रिमलिनका प्रवक्‍ता डिमिट्री पेस्कोभले तोकिएको जरिवाना उच्चारण गर्न नसकिने तर गुगल प्रशासनको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

गुगलले सन् २०२० देखि नै रूसी च्यानललाई प्रतिबन्ध लगाउन सुरू गरेको थियो। युक्रेन युद्धपछि धेरै युट्युब च्यानलहरू समेत प्रतिबन्धित भएको आरबिसीले जनाएको छ। युरोपेली राष्ट्रहरूले पनि रूसी मिडियालाई प्रतिबन्ध लगाएका छन्।

रूसी समाचार एजेन्सी तासका अनुसार केही समयअघि रूसी अदालतले प्रतिबन्ध लगाएका च्यानलहरूलाई फुकुवा गर्न आदेश दिएको थियो। फुकुवा नगरे हरेक साता जरिवाना दोब्बर बढाउने चेतावनी दिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी – अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै

काठमाडौँ / एजेन्सी – चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देश ‘प्रतिद्वन्द्वी होइन, साझेदार’ बनेर

एजेन्सी – तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम