"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किन तोक्यो रूसले गुगललाई यति धेरै जरिवाना ?

प्रकाशित मिति :  3 November, 2024 8:48 pm


एजेन्सी – रूसी अदालतले गुगललाई विश्व अर्थतन्त्रको आकारभन्दा धेरै जरिवाना तोकेको छ। बिबिसीका अनुसार गुगललाई तोकिएको जरिवाना ३७ अंकको छ। त्यसलाई डलरमा रूपान्तरण गर्दा २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० हुन्छ। गुगलले रूसका १७ वटा मिडिया च्यानललाई युट्युबमा प्रतिबन्ध लगाएपछि उक्त जरिवाना तोकिएको रूसी समाचार संस्था आरबिसीले जनाएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ११० ट्रिलियन डलर छ। रूसले तोकेको जरिवाना विश्व जिडिपीभन्दा बढी हो। रूसी राष्ट्रपति भवन क्रिमलिनका प्रवक्‍ता डिमिट्री पेस्कोभले तोकिएको जरिवाना उच्चारण गर्न नसकिने तर गुगल प्रशासनको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

गुगलले सन् २०२० देखि नै रूसी च्यानललाई प्रतिबन्ध लगाउन सुरू गरेको थियो। युक्रेन युद्धपछि धेरै युट्युब च्यानलहरू समेत प्रतिबन्धित भएको आरबिसीले जनाएको छ। युरोपेली राष्ट्रहरूले पनि रूसी मिडियालाई प्रतिबन्ध लगाएका छन्।

रूसी समाचार एजेन्सी तासका अनुसार केही समयअघि रूसी अदालतले प्रतिबन्ध लगाएका च्यानलहरूलाई फुकुवा गर्न आदेश दिएको थियो। फुकुवा नगरे हरेक साता जरिवाना दोब्बर बढाउने चेतावनी दिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौं – बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार

काठमाडौँ / बीबीसी – तपाईंले पछिल्लोपटक कुनै एआई च्याटबोटलाई केही काम गर्न भन्नुभएको थियो ? सायद तपाईंले त्यसलाई कुनै जटिल

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट