"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकासँग फेरि नेपाल पराजित, स्कटल्याण्डसँग भोलि खेल्ने

प्रकाशित मिति :  3 November, 2024 9:48 pm


काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्राण्ड प्रिएरी स्टेडियममा आइतबार बिहान सकिएको खेलमा नेपाल ३७ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एक बल बाँकी हुँदा अल आउट हुँदै नेपालले २४४ रनमात्रै बनायो। नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन बनाए। उनले ८० बलमा ४ चौका र १ छक्का हाने।

सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्का हानेर ४६ रन बनाए। कुशल मल्लले ५४ बलमा १ चौका र १ छक्का प्रहार गरी ३३ रन जोडे। कुशल भूर्तेलले २९, आरिफ शेखले २१, दीपेन्द्रसिंह ऐरीले ३१, गुल्सन झाले १२ रन बनाए। आशिफ शेख ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल एक रनमा आउट भएका थिए।

बलिङतर्फ अमेरिकाका शौरभ नेत्रभल्करले ४ विकेट लिए। साड्ली भ्यान शाल्कविक र नोस्थुस केन्जुगेले २/२ विकेट लिएका थिए। जसदीप सिंह र हर्मित सिंहले एक/एक विकेट लिए।

पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। अमेरिकाका लागि मुक्कमालाले ८७  बलमा ४ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७५ रन बनाए।

त्यस्तै ओपनर तथा कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्का प्रहार गरी ६७ रन जोडे। हरमित सिंहले ५९ रन बनाउँदा ४४ बलमा ३ चौका र ३ छक्का हाने। शायन जहांगिरले १०, एरोन जोन्सले २६, सञ्जय कृष्णमूर्तिले १५ रन जोडे। बलिङतर्फ गुल्सन झाले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट तथा कूशल भूर्तेलले १ विकेट लिए।

नेपाल सिरिजको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई हराएको थियो। स्कटल्याण्डसँग भोलि पुनः खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा