"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिकासँग फेरि नेपाल पराजित, स्कटल्याण्डसँग भोलि खेल्ने

प्रकाशित मिति :  3 November, 2024 9:48 pm


काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्राण्ड प्रिएरी स्टेडियममा आइतबार बिहान सकिएको खेलमा नेपाल ३७ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याउने क्रममा एक बल बाँकी हुँदा अल आउट हुँदै नेपालले २४४ रनमात्रै बनायो। नेपालका लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन बनाए। उनले ८० बलमा ४ चौका र १ छक्का हाने।

सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्का हानेर ४६ रन बनाए। कुशल मल्लले ५४ बलमा १ चौका र १ छक्का प्रहार गरी ३३ रन जोडे। कुशल भूर्तेलले २९, आरिफ शेखले २१, दीपेन्द्रसिंह ऐरीले ३१, गुल्सन झाले १२ रन बनाए। आशिफ शेख ६ रनमा आउट हुँदा कप्तान रोहित पौडेल एक रनमा आउट भएका थिए।

बलिङतर्फ अमेरिकाका शौरभ नेत्रभल्करले ४ विकेट लिए। साड्ली भ्यान शाल्कविक र नोस्थुस केन्जुगेले २/२ विकेट लिएका थिए। जसदीप सिंह र हर्मित सिंहले एक/एक विकेट लिए।

पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। अमेरिकाका लागि मुक्कमालाले ८७  बलमा ४ चौका र १ छक्का प्रहार गरी सर्वाधिक ७५ रन बनाए।

त्यस्तै ओपनर तथा कप्तान मोनांक पटेलले ८१ बलमा ५ चौका र १ छक्का प्रहार गरी ६७ रन जोडे। हरमित सिंहले ५९ रन बनाउँदा ४४ बलमा ३ चौका र ३ छक्का हाने। शायन जहांगिरले १०, एरोन जोन्सले २६, सञ्जय कृष्णमूर्तिले १५ रन जोडे। बलिङतर्फ गुल्सन झाले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट तथा कूशल भूर्तेलले १ विकेट लिए।

नेपाल सिरिजको पहिलो खेलमा पनि अमेरिकासँग पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डलाई हराएको थियो। स्कटल्याण्डसँग भोलि पुनः खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको