"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिद्वारा अमेरिका र चीनका लागि राजदूत नियुक्त

प्रकाशित मिति :  10 November, 2024 7:08 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त गरेका छन् । पौडेलले आइतबार अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई नियुक्त गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा रेग्मी र ओलीलाई राजदूतमा नियुक्त गरिएको हो । उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गरेका हुन् । दुवै नेपालका लागि सम्बन्धित मुलुकमा आवासीय राजदूत हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको

काठमाडौँ – सरकारले विभिन्न ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केपी शर्मा ओलीको पालामा नियुक्ति

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि चीनियाँ राजदूत छन् सोङबीच गृह मन्त्रालयमा आज शिष्टाचार भेटवार्ता भएको छ ।