"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

थाइल्यान्डविरुद्ध नेपालको जित

प्रकाशित मिति :  10 November, 2024 7:18 pm


काठमाडौँ- नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ। जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय बेहोरेको थियो।

यता दोस्रो पराजय बेहोरेको थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ। यसअघि युएईसँग ७४ रनले पराजित थाइल्यान्डले कुवेतलाई २० रनले हराएको थियो। युएईको द सेभेन रंगशालामा नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै समेटियो। थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतोले एक विकेट लिए। त्यसअघि जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि साना प्रविनले ४६ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन्। यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए। पहिलो विकेटका लागि साना र सावित्रीले ८८ रनको साझेदारी गरेका थिए। थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए। अब नेपालले मंगलबार कुवेतको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा