"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

थाइल्यान्डविरुद्ध नेपालको जित

प्रकाशित मिति :  10 November, 2024 7:18 pm


काठमाडौँ- नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ। जितसँगै चार खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय बेहोरेको थियो।

यता दोस्रो पराजय बेहोरेको थाइल्यान्ड समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ। यसअघि युएईसँग ७४ रनले पराजित थाइल्यान्डले कुवेतलाई २० रनले हराएको थियो। युएईको द सेभेन रंगशालामा नेपालले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रनमै समेटियो। थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि कुसुम गोदारले तीन, रिया शर्मा र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतोले एक विकेट लिए। त्यसअघि जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि साना प्रविनले ४६ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन्। यसैगरी सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए। पहिलो विकेटका लागि साना र सावित्रीले ८८ रनको साझेदारी गरेका थिए। थाइल्यान्डका लागि नाथरिका थोकोईले तीन, केसिनी काउजुम्फोलले दुई तथा कुरानित सुवाञ्चोराथीले एक विकेट लिए। अब नेपालले मंगलबार कुवेतको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको