"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कप्तान पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जित

प्रकाशित मिति :  12 November, 2024 11:14 pm


काठमाडौँ- कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६४ रनको फराकिलो जित दर्ता गरेको छ। जितसँगै नेपाल पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र १०६ तथा कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो।

पाँचौं खेलमा पराजित कुवेत अंकविहिन छ। यसअघि कुवेत युईसँग १०६ र १८४ तथा थाइल्यान्डसँग २० रनले पराजित भएको थियो। युएईको द सेभेन रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै समेटियो।

कुवेतका लागि जिफा जिलानी ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि पूजा महतोले चार ओभरमा एक मेडनसहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिइन्। यसैगरी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतले अविजित १३० रनको योगदान दिइन्। यसैगरी सोनी पाख्रिनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाए।

तेस्रो विकेटका लागि पूजा र सोनीले अविजित १५७ रनको साझेदारी गरे। कुवेतका लागि जिफा जिलानी र रिलयन मारिया डी सुजाले समान एक विकेट लिए। अब नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोली यूएईको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर