"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कप्तान पूजाको अलराउन्ड प्रदर्शनमा नेपालको शानदार जित

प्रकाशित मिति :  12 November, 2024 11:14 pm


काठमाडौँ- कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६४ रनको फराकिलो जित दर्ता गरेको छ। जितसँगै नेपाल पाँच खेलमा आठ अंक जोडेर दोस्रो स्थानमा छ। यसअघि थाइल्यान्डलाई ६७ र १०६ तथा कुवेतलाई १०८ रनले हराएको नेपालले घरेलु टोली युएईविरुद्ध १३ रनको पराजय ब्यहोरेको थियो।

पाँचौं खेलमा पराजित कुवेत अंकविहिन छ। यसअघि कुवेत युईसँग १०६ र १८४ तथा थाइल्यान्डसँग २० रनले पराजित भएको थियो। युएईको द सेभेन रंगशालामा मंगलबार नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै समेटियो।

कुवेतका लागि जिफा जिलानी ३६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि पूजा महतोले चार ओभरमा एक मेडनसहित आठ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिइन्। यसैगरी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै २१३ रनको योगफल तयार पारेको थियो। नेपालका लागि पूजा महतोले ६९ बलमा १७ चौकाको मद्दतले अविजित १३० रनको योगदान दिइन्। यसैगरी सोनी पाख्रिनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाए।

तेस्रो विकेटका लागि पूजा र सोनीले अविजित १५७ रनको साझेदारी गरे। कुवेतका लागि जिफा जिलानी र रिलयन मारिया डी सुजाले समान एक विकेट लिए। अब नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोली यूएईको सामना गर्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई