"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा

प्रकाशित मिति :  13 November, 2024 11:38 am


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। 

गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए। ‘चिनियाँ राजदूत आएका बेला मन्त्रीज्यूलाई मौखिक निम्तो दिनुभएको थियो,’ परराष्ट्र स्रोतले सेतोपाटीसँग भन्यो, ‘आज साँझसम्म औपचारिक निम्तो आएपछि उहाँ नोभेम्बरको अन्तिममा चीन जानुहुनेछ।’

चीनले प्रधानमन्त्री ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ। प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ । चीनबाट भ्रमणको औपचारिक निम्तो आएपछि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणालाई भ्रमणको तयारी गर्न भनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले