"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चीन भ्रमणमा जाँदै परराष्ट्र मन्त्री राणा

प्रकाशित मिति :  13 November, 2024 11:38 am


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणभन्दा अघि परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएकी छन्। परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। 

गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए। ‘चिनियाँ राजदूत आएका बेला मन्त्रीज्यूलाई मौखिक निम्तो दिनुभएको थियो,’ परराष्ट्र स्रोतले सेतोपाटीसँग भन्यो, ‘आज साँझसम्म औपचारिक निम्तो आएपछि उहाँ नोभेम्बरको अन्तिममा चीन जानुहुनेछ।’

चीनले प्रधानमन्त्री ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ। प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ । चीनबाट भ्रमणको औपचारिक निम्तो आएपछि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री राणालाई भ्रमणको तयारी गर्न भनेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको