"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल आईसीसी यु १९ महिला टी-ट्वान्टी विश्व कपमा

प्रकाशित मिति :  २९ कार्तिक २०८१, बिहीबार ११:०४


काठमाडौँ- नेपालले पहिलोपटक आईसीसी यु १९ महिला टी-ट्वान्टी विश्व कपमा स्थान बनाएको छ। युनाइटेड अरब इमिरेट्स(यूएई) ले दिएको मध्यम लक्ष्य नेपालले २ विकेट गुमाएर भेट्टाएको हो। आज भएको एसिया क्षेत्र छनोटको अन्तिम खेलमा यूएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समूह विजेताको रुपमा विश्वकपमा पुगेको हो।

विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। ६ खेलबाट समान १० अंक भए पनि यूएईभन्दा नेपाल नेट रनरेटमा अघि रहँदै विश्वकपमा पुगेको हो। अंक तालिकामा नेपालको यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो।

विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ नेपालका साना प्रविन ३५ र सोनी पाख्रिन १३ रनमा अविजित रहे। कप्तान पूजा महतो २१ रन बनाउँदा आउट
भइन्। त्यसअघि ओपनर सावित्री धामी १२ रनमा क्याच आउट भएकी थिएन्।

अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनको योगफल तयार पारेको हो। समाइरा धार्निधार्काले बनाएको ३१ रन नै यूएईका लागि सर्वाधिक रह्यो। रिनिथा रजिथले २० रन प्रहार गरिन्। लावन्या केनी र इन्दुजा नन्दकुमारले समान १० रन बनाए। यूएईका चार ब्याटर शून्य रनमा नै आउट भए।

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १७ रन दिइन्। रिया शर्मा र सिमा केसीले समान २ विकेट झारे। रचना कुमारी चौधरीले एक विकेट आफ्नो नाममा गरिन्। नेपाल अघिल्लो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो। आजको जितसँगै नेपालले पहिलो खेलमा भोगेको हारको बदला समेत लिएको छ। छनोटमा नेपाल यूएईसँग मात्र पराजित भएको थियो।

लिग चरणमा नेपालले थाइल्यान्डलाई पहिलो खेलमा ६७ तथा दोस्रो खेलमा १ सय ६ रनले हराएको थियो। कुवेतमाथि पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा १ सय ६५ रनको फराकिलो जित दर्ता गरेको थियो।

विश्वकपमा १६ टिम सहभागी हुनेछन्। आयोजक मलेसिया स्वत: छनोट भएको छ। अघिल्लो विश्वकपका १० टिम स्वत छनोट भएका छन्। बाँकी पाँचवटा देश आफ्नो क्षेत्रीय क्वालिफायर खेलेर आएका हुन्। नाइजेरिया, स्कटल्यान्ड, सामोआ र अमेरिका यसअघि नै आफ्नो क्षेत्रीय क्वालिफायर खेल जितेर छनोट भइसकेका छन्।

नेपालले जनवरी १८ मा बंगलादेश, जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियासँग खेल्नेछ। ग्रुप स्टेजका उत्कृष्ट तीन देश सुपर सिक्समा पुग्नेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेदेखि काठमाडौँमा हुन लागेको एनपीएलका लागि सोमबार प्रतियोगिताको खेलतालिका

काठमाडौँ- कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६४ रनको फराकिलो जित दर्ता गरेको छ। जितसँगै

काठमाडौँ- नेपालले आईसीसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आइतबार थाइल्यान्डविरुद्ध १०६ रनको फराकिलो जित निकालेको छ। जितसँगै चार खेलमा ६ अंक

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि पराजित भएको छ। अमेरिकाको टेक्सासस्थित डालासको ग्राण्ड प्रिएरी स्टेडियममा आइतबार बिहान