"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य सामग्री र उपकरण अनिवार्यरुपमा दर्ता गर्न निर्देशन

प्रकाशित मिति :  17 November, 2024 1:51 pm


काठमाडौं – अबदेखि अस्पताल र स्वास्थ्य संस्थाहरुमा उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरु अनिवार्यरुपमा दर्ता हुनुपर्ने भएको छ। 

औषधी व्यवस्था विभागले सूचना निकाल्दै उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरु उत्पादन तथा व्यवसाय गर्नेले तीन महिना भित्र विभागमा गएर दर्ता गर्न आग्रह गरेको हो ।  

 ‘‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरुको बिकी वितरण गर्दै आएका वा चाहने व्यक्तिहरुले थोक वा खुद्रा फर्म यस विभागमा दर्ता गर्नु र गराउनु हुन यो सूचना प्रकाशित भएको मितिवाट ३ महिना भित्र विभागबाट तोकिएको कागजातहरु सहित निवेदन दिनु हुन मिति २०८१।०७ ।२३ को विभागीय निर्णयानुसार सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ।’’ सूचनामा उल्लेख गरिएको छ । 

यो सँगै अबदेखि अस्पतालमा विरामीको उपचारको  क्रममा प्रयोग गरिने सिरिन्ज, ब्लड कलेक्सन ट्युव व्याग मुटुको उपचारमा प्रयोग गरिने पेसमेकरहरु अनिवार्य विभागमा दर्ता गर्नुपर्ने भएको छ ।

स्वास्थ्य उपचारमा प्रत्यक्ष रुपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्री गुणस्तर र मूल्यको एकीन गर्ने मुख्य उद्देश्यले छ वर्षअघि सरकारले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४ ल्याएको थियो । 

तर, त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको थिएन तर अहिले आएर विभागले उक्त निर्देशिका कार्यन्वयनमा ल्याएको विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द