"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिर १५ देखि एनपीएलको खेल सुरु हुने, खेलतालिका सार्वजनिक

प्रकाशित मिति :  19 November, 2024 11:37 am


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेदेखि काठमाडौँमा हुन लागेको एनपीएलका लागि सोमबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो।

सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। उद्घाटन खेल दिनको १२ : १५ बजेदेखि सुरू हुने एनपीएलले जनाएको छ।

पहिलो दिन एउटा र त्यसपछि दुई खेल हुने आयोजकले जनाएको छ। हरेक दिन पहिलो खेल बिहान ९ : १५ र दोस्रो खेल दिनको १ : १५ बजे सुरू हुनेछ।

३० नोभेम्बरदेखि १६ डिसेम्बरसम्म लिग चरण र १८ डिसेम्बरमा एलिमिनेटर तथा क्वालिफायर १ राउन्डको खेल राखिएको छ। क्वालिफायर २ १९ डिसेम्बरमा हुनेछ।

२१ डिसेम्बरमा क्वालिफायर १ र क्वालिफायर २ उपाधिका लागि प्रस्पिर्धा गर्नेछ। प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ। पहिलोपटक हुन लागेको एनपीएलमा देशभरका आठ टिम सहभागी छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको