"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मंसिर १५ देखि एनपीएलको खेल सुरु हुने, खेलतालिका सार्वजनिक

प्रकाशित मिति :  19 November, 2024 11:37 am


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक भएको छ। मंसिर १५ गतेदेखि काठमाडौँमा हुन लागेको एनपीएलका लागि सोमबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो।

सार्वजनिक तालिकाअनुसार उद्घाटन खेल जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच हुनेछ। उद्घाटन खेल दिनको १२ : १५ बजेदेखि सुरू हुने एनपीएलले जनाएको छ।

पहिलो दिन एउटा र त्यसपछि दुई खेल हुने आयोजकले जनाएको छ। हरेक दिन पहिलो खेल बिहान ९ : १५ र दोस्रो खेल दिनको १ : १५ बजे सुरू हुनेछ।

३० नोभेम्बरदेखि १६ डिसेम्बरसम्म लिग चरण र १८ डिसेम्बरमा एलिमिनेटर तथा क्वालिफायर १ राउन्डको खेल राखिएको छ। क्वालिफायर २ १९ डिसेम्बरमा हुनेछ।

२१ डिसेम्बरमा क्वालिफायर १ र क्वालिफायर २ उपाधिका लागि प्रस्पिर्धा गर्नेछ। प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुनेछ। पहिलोपटक हुन लागेको एनपीएलमा देशभरका आठ टिम सहभागी छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा