"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा

प्रकाशित मिति :  24 November, 2024 3:45 pm


काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। १८ सदस्यीय नेपाली टोलीको नेतृत्व हेमन्त धामीले गर्नेछन्। १८ जनाभित्र रहेका दिलसद अली, राजेश यादव र दयान्द यादवले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।

एसिया कप मंसिर १४ देखि २३ सम्म यूएईमा हुँदैछ। समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्नेछ।

यसैगरी क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ।

नेपाली टोली
हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल(उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको