"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘दसैँ आयो’ अस्करको युवा सर्ट फिल्म प्रतिस्पर्धा उत्कृष्टमा

प्रकाशित मिति :  30 November, 2024 1:58 pm


काठमाडौँ- अस्करको दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा शिल्पा केसीको निर्देशनमा बनेको छोटो फिल्म ‘दसैँ आयो’ले जितेको छ। अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) को आयोजनामा सम्पन्न दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धामा ‘दसैँ आयो’ प्रथम भएको हो। फिल्मले एक लाख नगदसहित पुरस्कार पाएको छ।

प्रतियोगितामा अर्जुन तिरुवाको ‘द ब्रिज’ दोस्रो र विशाल झाको ‘अन्तिम यात्रा’ तेस्रो भएको छ। स्पेसल मेन्सन अवार्ड देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स’ले जितेको छ।

२० वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीलाई ८ देखि १५ मिनेटसम्मका फिल्म कात्तिक पहिलो सातासम्म पठाइसक्नुपर्ने आव्हान गरिएको थियो। कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म निर्माणमा उदीयमान प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्न यो प्रतियोगितालाई निरन्तरता दिएको बताए।

उनले भने, ‘फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले उनीहरुलक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरेका हौँ।’ युवा फिल्ममेकरमा विश्वास र लगानी गर्दा फिल्म क्षेत्रमा अर्को पुस्ता तयार हुने उनको भनाइ छ।

प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना