"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनकपुरका कप्तान अनिलको अर्धशतकमा कर्णालीमाथि सहज जित

प्रकाशित मिति :  2 December, 2024 9:48 pm


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित हात पारेको छ। सोमबार कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले प्रतियोगितामा दोस्रो जित हात पारेको हो।

कर्णालीले प्रस्तुत गरेको १४२ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो। जनकपुर बोल्ट्सका लागि कप्तान अनिल साहले अविजित ६२ रन बनाए। ४२ बल सामना गरेका उनले चार चौका र तीन छक्का प्रहार गरे। त्यस्तै अर्का ओपनर आसिफ शेखले २९ बलमा ३६ रन बनाएर आउट भए।

लाहिरू मिलन्थाले २४ रन बनाउँदा जेम्स नीसम १६ रन बनाएर नटआउट रहे। कर्णाली याक्सका लागि जीसन मक्सुद र मौसम ढकालले १–१ विकेट लिए। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।

ओपनर र मध्यक्रमका ब्याटरहरू सस्तैमा आउट भए पनि अन्तिम दुई ओभरमा कप्तान सोमपाल कामी र अर्जुन घत्रीको आक्रामक ब्याटिङका कारण कर्णाली याक्सले यो स्कोर खडा गरेको थियाे। सोमपालले नटआउट २९ रन बनाए। १३ बल सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे। त्यस्तै अर्जुनले २२ बलमा ३३ रन बनाए। उनले २ चौका र २ छक्का प्रहार गरे।

भारतका पूर्वखेलाडी शिखर धवनले अपेक्षाअनुसार ब्याटिङमा खरो उत्रिन सकेनन्। देव खनालसँग ओपनिङका लागि आएका उनले १४ बलमा १४ रन बनाए। आफ्नो इनिङमा धवनले तीन चौका प्रहार गरे। खनाल एक रन बनाएर आउट भए।

त्यस्तै क्याडविक वाल्ट्नले ८ र बाबर हयातले १२ रन बनाउँदा जीसन मक्सुद शून्य रन बनाएर आउट भए। मध्यक्रमका ब्याटरहरू सस्तैमा आउट भएपछि कर्णाली याक्सका लागि गुलशन झाले रनको गति बढाए। उनले २७ बलमा ३६ रन बनाए। ३६ रनको इनिङमा गुलशनले १ चौका र तीन छक्का प्रहार गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ । दीपेन्द्रले लगातार दोस्रो

काठमाडौँ — आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ।  नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’

काठमाडौँ — फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी

काठमाडौँ-  आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को पाँचौँ खेलमा नेपालले विश्व क्रिकेटको महारथि इंगल्याण्डलाई अन्तिम बलसम्म जसरी स्तब्ध