"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

प्रकाशित मिति :  3 December, 2024 6:37 pm


बेइजिङ- चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए। प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणमा छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।  प्रतिनिधि सभाको बैठक बिहिबार बिहान

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७,