"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाज रुपान्तरण हुन्छ : सभामुख

प्रकाशित मिति :  7 December, 2024 11:23 pm


ललितपुर – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढंगले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताएका छन् ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज ललितपुरको जावलाखेलमा आयोजित १६ औँ वार्षिक साधारणसभामा सभामुख घिमिरेले शिक्षाको ज्ञान र चेतना भर्ने शिक्षकले समाजलाई कता लैजाने भन्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘शिक्षक शिक्षाको चेतना भर्ने समाजका अगुवा हो, आफू जलेर समाजलाई अगाडि बढाउने शिक्षकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ, समाज परिवर्तनमा शिक्षकले धेरै काम गरेका छन्, राजनीतिक विभाजनले गर्दा शिक्षा क्षेत्रमा धेरै प्रगति हुन सकेको छैन, परिवर्तनका लागि शिक्षकहरू एक ठाउँमा उभिनु जरूरी छ,’ सभामुख घिमिरेले भने ।

उनले शिक्षकहरूको हीतका लागि सानोसानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभर अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे ।

‘धेरै प्रयत्न गरिएको छ, राजनीतिक दलहरूबीच छलफल गरी आधारभूत कुराहरू टुंगोमा पु¥याएर निकास दिने तयारीमा छौँ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी