"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमको लगातार तेस्रो जित

प्रकाशित मिति :  7 December, 2024 11:39 pm


काठमाडौँ- अलराउन्डर विवेक यादवको ७७ रनको बिष्फोटक अर्धशतकका बाबजुत पनि लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यलाई लुम्बिनीले पछ्याउने क्रममा १४२ रन मात्र बनाउन सक्यो। लुम्बिनीका माथिल्ला अडरका ब्याटर चल्न नसक्दा लुम्बिनी पराजित बन्न पुग्यो। लुम्बिनीका ओपनर अर्जुन साउद पहिलो ओभरको पहिलो बलमै आउट भए भने अर्का ओपनर उन्मुक्त चन्दले पनि ४ रन जोडेर बाहिरिए।

अघिल्ला खेलमा उत्कृष्ट खेलेका कप्तान रोहित पौडेल पनि ५ रनमै सिकार हुन पुगे। त्यसपछि क्रिज समाल्न आएका सन्दीप जोरा २० रन, टुम मुर ७, सादबिन जाफर शून्य रनमा बाहिरिँदा दिनेश अधिकारीले ४ रन बनाउन भ्याए। सूर्य तामाङ ७ रन बनाएर
आउट भए। ब्याटिङसँगै लुम्बिनी बलिङमा पनि चुक्न पुग्यो।

यता सुदूरपश्चिमका लागि भने ब्रान्डन म्याकमुलन र सैफ जैबले ३-३ विकेट लिए। स्कट कुगेलेइनले २ र अविशेक बोहोराले १ लिए। यसअघि सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ९० रन प्रहार गरे। उनले ५ छक्का र ४ चोका प्रहार गरेका थिए।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रनको विष्फोटक ब्याटिङ गर्दै अविजित रहे। उनले १९ बलमा २ छक्का र ४ चौका प्रहार गरे। ब्रान्डोन म्याक मुलेन २३, विनोद भण्डारी १७ र स्कट कुगेलेइनले ११ रन प्रहार गरे। आरिफ सेख एक बलमै क्याच आउट भएर बाहिरिए। टस जिते पनि लुम्बिनी किफायती बलिङमा चुक्यो।

लुम्बनीका लागि रामोन सिमोन्डले २ र कप्तान रोहित पौडेल र विवेक यादवले १/१ विकेट लिनबाहेक अन्य बलर चल्न सकेनन्



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार