"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यपालिका र व्यवस्थापिका बीच तालमेल नहुँदा संसद प्रभावकारी भएन : सभामुख

प्रकाशित मिति :  8 December, 2024 9:37 pm


काठमाडौं –  सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन्।  आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यपालिका र व्यवस्थापिकाले एक अर्कालाई छल्न खोज्ने हो भने संसद कहिले अगाडि नबढ्ने बताए।

‘कानुनहरुलाई समय अनुसार सुधार गर्दै जानुपर्छ। यसतर्फ कसैको ध्यान गएको छैन। कार्यपालिका र व्यवस्थापिकाको बीचको सम्बन्ध राम्रो हुनुपर्छ,’ उनले भने, ‘यो संस्थाहरुले एक अर्कालाई छल्न खोज्ने, विपरित जान खोज्ने कार्यले पनि संसदको काम कारबाही, संसदीय सेवा, संसलाई प्रभावकारी बनाउने कुरामा समस्या आएको हुनसक्छ । यसमा पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ।’

उनले संसद सेवालाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको भन्दै यसलाई सबै मिलेर पूरा गर्नुपर्ने बताए। 

‘हाम्रो संसद सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ। त्यसमा के कस्ता समस्याहरु छन् त्यसलाई पहिचान गर्ने र त्यसको समाधान गर्ने हाम्रो दायित्व हो। मुख्य रुपमा संसदलाई प्रभावकारी बनाउनका लागि यसले दिने सेवा सुविधाहरु जे हुन्, त्यसको आधारमा संसद प्रभावकारी हुन्छ,’ उनले भने।

संसदलाई प्रभावकारी बनाउने कुरामा केही प्रगती भएपनि अझै गर्न बाँकी रहेको पनि उनको भनाई छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद