"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कार्यपालिका र व्यवस्थापिका बीच तालमेल नहुँदा संसद प्रभावकारी भएन : सभामुख

प्रकाशित मिति :  8 December, 2024 9:37 pm


काठमाडौं –  सभामुख देवराज घिमिरेले कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्ध राम्रो नहुँदा संसद प्रभावकारी हुन नसकेको बताएका छन्।  आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कार्यपालिका र व्यवस्थापिकाले एक अर्कालाई छल्न खोज्ने हो भने संसद कहिले अगाडि नबढ्ने बताए।

‘कानुनहरुलाई समय अनुसार सुधार गर्दै जानुपर्छ। यसतर्फ कसैको ध्यान गएको छैन। कार्यपालिका र व्यवस्थापिकाको बीचको सम्बन्ध राम्रो हुनुपर्छ,’ उनले भने, ‘यो संस्थाहरुले एक अर्कालाई छल्न खोज्ने, विपरित जान खोज्ने कार्यले पनि संसदको काम कारबाही, संसदीय सेवा, संसलाई प्रभावकारी बनाउने कुरामा समस्या आएको हुनसक्छ । यसमा पनि ध्यान दिएर अगाडि बढ्नुपर्छ।’

उनले संसद सेवालाई प्रभावकारी बनाउनु सबैको दायित्व भएको भन्दै यसलाई सबै मिलेर पूरा गर्नुपर्ने बताए। 

‘हाम्रो संसद सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ। त्यसमा के कस्ता समस्याहरु छन् त्यसलाई पहिचान गर्ने र त्यसको समाधान गर्ने हाम्रो दायित्व हो। मुख्य रुपमा संसदलाई प्रभावकारी बनाउनका लागि यसले दिने सेवा सुविधाहरु जे हुन्, त्यसको आधारमा संसद प्रभावकारी हुन्छ,’ उनले भने।

संसदलाई प्रभावकारी बनाउने कुरामा केही प्रगती भएपनि अझै गर्न बाँकी रहेको पनि उनको भनाई छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी