"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्तलाई बाँसको उपहार

प्रकाशित मिति :  8 December, 2024 9:53 pm


खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नेपालका उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने तयारी गरेको छ ।

नगरपालिकासहित विभिन्न निकायको सहकार्यमा आगामी फागुन १५ देखि १७ गतेसम्म दिक्तेल बजारमा आयोजना गर्न लागिएको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई एक–एक थान बाँसको कुर्सी उपहार दिने तयारी गरिएको हो ।

बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न÷गराउन खबरदारी गर्ने उद्देश्यले उच्च पदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

‘उच्च पदस्थ व्यक्तिहरूलाई बाँसको कुर्सी उपहार दिने भनेर कार्यपालिका बैठकले निर्णय गरिसकेका छौँ । निर्णयको प्रतिलिपिसहितको जानकारीपत्र राष्ट्रपतिसहित सबै उच्च पदस्थ व्यक्तिलाई पठाइसक्यौँ । उपहार दिने कुर्सी यही मङ्सिर २८ गतेदेखि वडा नं ६ नेर्पामा बनाउन सुरु गरिनेछ’, उनले भने

प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरू वडाले छनौट गर्ने र नगरबाट प्रोत्साहित गरेर छनौट भएका व्यक्तिहरूले सम्मेलनमा प्रदर्शनी गर्न र उच्च पदस्थ व्यक्तिहरूलाई उपहार दिने बाँसको कुर्सी बनाउने जनाइएको छ ।

नगर प्रमुख भट्टराई र उपप्रमुख राईले आफ्नो कार्यकक्षमा स्थानीयस्तरमा उत्पादन गरिएका बाँसकै फर्निचर प्रयोग गरेका छन् ।

अघिल्लो नगर सरकारका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख वीणादेवी राईले प्रयोग गरेको आयातीत फर्निचर हटाएर नगरप्रमुख भट्टराई र उपप्रमुख राईले स्थानीय बासिन्दा एवम् उद्यमीले स्थानीयस्तरमै उत्पादन गरेका बाँसका फर्निचर खरिद गरेर प्रयोग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौँ– राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो