"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीद्धारा चितवन पराजित

प्रकाशित मिति :  10 December, 2024 9:32 pm


काठमाडौँ- कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनले चितवन राइनोजमाथि लुम्बिनी लायन्सको जित निकालेको छ। पौडेलले आजको खेलमा ८० रन प्रहार गर्नुका साथै ४ विकेट लिएपछि चितवन हार्न पुग्यो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्यलाई चितवनले पछ्याउने क्रममा १३४ रन मात्र बनाउन सक्यो।

चितवनका लागि लुक बेन्केन्स्टाइनले बनाएको ३१ रन नै सर्वाधिक बन्न पुग्यो। यसका अलावा नरबहादुर सार्की २२, कप्तान कुशल मल्ल २०, रिजन ढकाल १५, रवि बोपरा १२ र सन्तोष सार्कीले १० रन प्रहार गरेका थिए। अन्य ब्याटरले दुई अंक छुन सकेनन्।

लुम्बिनीका रामोन सिमोन्ड्सले २, साद बिन जफर र अविशेष गौतमले १-१ विकेट लिएका थिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीका लागि पौडेलले ८१ रन, सादबिन जाफरले ५२ रन बनाए। ओपनर अर्जुन साउदले १५ र टोम मुरले १० रन प्रहार गर्न बाहेक अन्य ब्याटरले दोहोर रन प्रहार गर्न सकेनन्। चितवनका लागि रिजन ढकालले ३ विकेट, कप्तान कुशल मल्लले र रन्जित कुमार समान १-१ विकेट लिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा