"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीद्धारा चितवन पराजित

प्रकाशित मिति :  २५ मंसिर २०८१, मंगलवार २१:३२


काठमाडौँ- कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनले चितवन राइनोजमाथि लुम्बिनी लायन्सको जित निकालेको छ। पौडेलले आजको खेलमा ८० रन प्रहार गर्नुका साथै ४ विकेट लिएपछि चितवन हार्न पुग्यो। लुम्बिनीले दिएको १६८ रनको लक्ष्यलाई चितवनले पछ्याउने क्रममा १३४ रन मात्र बनाउन सक्यो।

चितवनका लागि लुक बेन्केन्स्टाइनले बनाएको ३१ रन नै सर्वाधिक बन्न पुग्यो। यसका अलावा नरबहादुर सार्की २२, कप्तान कुशल मल्ल २०, रिजन ढकाल १५, रवि बोपरा १२ र सन्तोष सार्कीले १० रन प्रहार गरेका थिए। अन्य ब्याटरले दुई अंक छुन सकेनन्।

लुम्बिनीका रामोन सिमोन्ड्सले २, साद बिन जफर र अविशेष गौतमले १-१ विकेट लिएका थिए। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीका लागि पौडेलले ८१ रन, सादबिन जाफरले ५२ रन बनाए। ओपनर अर्जुन साउदले १५ र टोम मुरले १० रन प्रहार गर्न बाहेक अन्य ब्याटरले दोहोर रन प्रहार गर्न सकेनन्। चितवनका लागि रिजन ढकालले ३ विकेट, कप्तान कुशल मल्लले र रन्जित कुमार समान १-१ विकेट लिएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – भारत र पाकिस्तानबीच जारी तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) लाई एक साताका लागि स्थगित गरिएको छ। आईपीएलले सामाजिक

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अर्को एउटा कीर्तिमान थपिएको छ। राजस्थानको जितमा १४ वर्षीय ओपनर वैभव सूर्यवंशीले कीर्तिमानी शतक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार

काठमाडौं – नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै