"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा

प्रकाशित मिति :  11 December, 2024 10:34 pm


काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने बुधबार निर्णय गरेको छ । यस्तै सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ ।

सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।

फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले विश्वका दुई संस्करणको आयोजकबारे मतदानको मद्दतले निर्णय गरेको हो । सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्न लागेका हुन् ।

फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरेको थियो । यस्तोमा सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा थियो र साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो ।

सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो । पछिल्लो समय साउदी अरेबियाले विश्व खेलकुदमा आफ्नो वर्चश्व बनाउन ठूलो लगानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा