"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा

प्रकाशित मिति :  11 December, 2024 10:34 pm


काठमाडौँ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने बुधबार निर्णय गरेको छ । यस्तै सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ ।

सन् २०३० को विश्वकपका तीन खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुनेछन् । विश्वकप आयोजनामा सय वर्ष पुगेको अवसरमा यी तीन देशमा तीन खेल हुन लागेको हो ।

फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले विश्वका दुई संस्करणको आयोजकबारे मतदानको मद्दतले निर्णय गरेको हो । सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्न लागेका हुन् ।

फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरेको थियो । यस्तोमा सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा थियो र साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो ।

सन् २०२२ को विश्वकप अर्को एसियाली देश कतारमै भएको थियो । पछिल्लो समय साउदी अरेबियाले विश्व खेलकुदमा आफ्नो वर्चश्व बनाउन ठूलो लगानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको