"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार प्रतिवद्ध भएको प्रधानमन्त्रीको दावी

प्रकाशित मिति :  11 December, 2024 10:38 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् ।

बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् । ‘देशको अफ्ठ्यारो स्थितिलाई हेरेर ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ । यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने, त्यो संकल्प गरेको छ,’ उनले भने ।

उनले आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शय्याको अस्पताल निर्माण गर्न सुरु गरेको र अहिले सयभन्दा बढी सञ्चालन भइरहेको उल्लेख गरे । उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको दाबी गरे ।

‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ । त्यसका लागि बजेट छुट्याएको थियो । जसमा अहिले लगभग सय वटा अस्पतालहरु चलिसके होलान् । मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ । म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो । म आएको छु, फेरि देश हिँड्छ,’ उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद