"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार प्रतिवद्ध भएको प्रधानमन्त्रीको दावी

प्रकाशित मिति :  11 December, 2024 10:38 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन् ।

बुधबार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताएका हुन् । ‘देशको अफ्ठ्यारो स्थितिलाई हेरेर ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ । यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने, त्यो संकल्प गरेको छ,’ उनले भने ।

उनले आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शय्याको अस्पताल निर्माण गर्न सुरु गरेको र अहिले सयभन्दा बढी सञ्चालन भइरहेको उल्लेख गरे । उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको दाबी गरे ।

‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ । त्यसका लागि बजेट छुट्याएको थियो । जसमा अहिले लगभग सय वटा अस्पतालहरु चलिसके होलान् । मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ । म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो । म आएको छु, फेरि देश हिँड्छ,’ उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देशभरका सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी