"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुपर ओभरमा पोखरासँग १३ रनले हार्‍यो विराटनगर

प्रकाशित मिति :  12 December, 2024 1:34 pm


काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत विराटनगर किङ्सलाई सुपर ओभरमा १३ रनले हराउँदै पोखरा एभेन्जर्सले प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राखेको छ। हारले विराटनगरलाई कठीन मोडमा पुर्‍याएको छ।

बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको विराटनगरले २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर समान १४० रन कटाउन नसक्दा खेल सुपर ओभरमा धकेलिएको हो।

सुपर ओभरमा पोखराले सुरुवाती ब्याटिङ गरेको थियो। मैदानमा रेमन रिफर र आन्द्रेश गौसको जोडीले स्पिनर सन्दीप लामिछानेले फ्याकेको ६ बलमा १७ रन जोडे। सुरुवाती दुई बलमा रिफरले छक्का प्रहार गरेपछि पोखराले बलियो योफल खडा गरेको हो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका लागि मार्टिन गप्टिल र निकोलस किर्टोनको जोडीले रिफरको बलमा मात्र पाँच रन बनाउन सक्यो।

पोखराले पाँच खेल खेल्दा दोस्रो खेलमा जित हासिल गरेको हो। बाँकीका दुई खेलमा राम्रो रनरेटमा विजयी प्राप्त गर्ने हो भने पोखराले प्लेअफमा स्थान बनाउने सम्भावना छ। गणितीय हिसाबमा झिनो आशा अझै बाँकी रहेको विराटनगरको यो चौथो हार हो। अब विराटनगरले आगामी दुई खेलमा जित त हासिल गर्नुपर्ने छ नै, विपक्षी टोलीको नतिजाले पनि उसको प्लेअफ समीकरणको छिनोफानो गर्नेछ। व्यावहारिक हिसाबमा हेर्ने हो भने विराटनगरको शीर्ष चारभित्र अटाउने सम्भावना एकदमै न्युन छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई