"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनपीएलको प्लेअफ समीकरण : सुदूरपश्चिम र जनकपुर क्वालिफायर, चितवन र कर्णालीले एलिमिनेटर खेल्ने

प्रकाशित मिति :  16 December, 2024 2:07 pm


काठमाडौँ- लिग चरणको अन्तिम खेल अर्थात सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल सकिएसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण सकिएको छ।

कर्णालीलाई हराउँदै सुदूरपश्चिम शीर्ष १ मा पर्दै क्वालिफायर पुगेको हो। अब सुदूरपश्चिमले क्वालिफायरको पहिलो खेल जनकपुर बोल्ड्ससँग खेल्नेछ।

सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, जनकपुर ५ जितसहित दोस्रो बनेको हो। लिग चरणको २८ खेल सकिँदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा र जनकपुर बोल्ट्सले १० अंक सहित दोस्रोमा पर्‍यो। अब यीबाहेक दुई टोली पनि प्ले अफ पुगेका छन्।

४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् अर्थात चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरमा हारेको टोली प्रतियोगिताबाट बाहिरिनेछ।

क्वालिफायरमा पुगेका दुई टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ। क्वालिफायरमा जितेको टोली फाइनल पुग्नेछ। यता क्वालिफायर हार्ने टोलीले भने एकपटक मौका पाउने छ। किनकि क्वालिफायर हार्ने टोलीले एलिमिनेटरमा जितेको टोलीले टोलीसँग भिड्नेछ।मतलव, जनकपुर र सुदूरपश्चिमबीच हार्ने टोलीसँग भिड्नेछ।

यी दुईमा जित निकालेको टोलीले क्वालिफायर जितेको टोलीसँग फाइनल भिड्नेछ। फाइनल खेल पुस ६ गते हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर