"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एनपीएलको प्लेअफ समीकरण : सुदूरपश्चिम र जनकपुर क्वालिफायर, चितवन र कर्णालीले एलिमिनेटर खेल्ने

प्रकाशित मिति :  16 December, 2024 2:07 pm


काठमाडौँ- लिग चरणको अन्तिम खेल अर्थात सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेल सकिएसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरण सकिएको छ।

कर्णालीलाई हराउँदै सुदूरपश्चिम शीर्ष १ मा पर्दै क्वालिफायर पुगेको हो। अब सुदूरपश्चिमले क्वालिफायरको पहिलो खेल जनकपुर बोल्ड्ससँग खेल्नेछ।

सुदूरपश्चिम ७ खेलमा ६ जितसहित शीर्ष स्थानमा, जनकपुर ५ जितसहित दोस्रो बनेको हो। लिग चरणको २८ खेल सकिँदा सुदूरपश्चिम १२ अंक जोड्दै शीर्ष स्थानमा र जनकपुर बोल्ट्सले १० अंक सहित दोस्रोमा पर्‍यो। अब यीबाहेक दुई टोली पनि प्ले अफ पुगेका छन्।

४ जितसहित चितवन राइनोज तेस्रो र समान ४ जितसहित कर्णाली चौथो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेको हो। तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् अर्थात चितवन र कर्णालीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटरमा हारेको टोली प्रतियोगिताबाट बाहिरिनेछ।

क्वालिफायरमा पुगेका दुई टोलीबीच पनि प्रतिस्पर्धा हुनेछ। क्वालिफायरमा जितेको टोली फाइनल पुग्नेछ। यता क्वालिफायर हार्ने टोलीले भने एकपटक मौका पाउने छ। किनकि क्वालिफायर हार्ने टोलीले एलिमिनेटरमा जितेको टोलीले टोलीसँग भिड्नेछ।मतलव, जनकपुर र सुदूरपश्चिमबीच हार्ने टोलीसँग भिड्नेछ।

यी दुईमा जित निकालेको टोलीले क्वालिफायर जितेको टोलीसँग फाइनल भिड्नेछ। फाइनल खेल पुस ६ गते हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई