"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिन : सभामुख घिमिरे

प्रकाशित मिति :  16 December, 2024 2:40 pm


काठमाडौं – सभामुख देवराज घिमिरेले नेपालको संसदीय इतिहासमा पुस १ गते कालो दिनको रुपमा रहेको बताएका छन् । सोमबार काठमाडौंमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

२०१७ साल पुस १ गते जननिर्वाचित संसदलाई भंग गरेर निरकुश पंचायती व्यवस्थाको घोषणा भएको थियो । यसकारण यो दिन नेपालको संसदीय इतिहासमा कालो दिनको रुपमा रहेको सभामुख घिमिरेले बताए ।

‘राजाले कू गरेको कालो दिन । त्यो दिन जनताका मौलिक अधिकारहरू सम्पूर्ण रुपमा खोसिएको दिन हो,’ सभामुख घिमिरेले २०१७ साल पुस १ गतेको दिनको सम्झना गर्दै भने । संसद सर्वोच्च निकाय भएको र २०१७ सालमा खोसिएको यो व्यवस्था जनताले ३० वर्ष पछि फेरि फर्काएको उनले बताए ।

नेपालमा पञ्चायती व्यवस्था २०१७ साल पुस १ गतेदेखि २०४६ साल चैत २६ गतेसम्म चल्यो । शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद विघटन गरी निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा गरिएको थियो । त्यसपछि राजनीतिक दलमाथि प्रतिबन्ध, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूलाई जेल हालिएको थियो । यसरी सुरु भएको पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक दलहरूले शसस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू गरिरहेका थिए ।

२०४६ सालमा संयुक्त जनआन्दोलन भएपछि पञ्चायती व्यवस्था ढल्यो र २०४६ साल चैत २६ गते नेपालमा बहुदलीय व्यवस्थाको घोषणा भएको थियो । त्यसपछि यता नेपाल निरन्तर संसदीय शासन प्रणालीमा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद