"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नायब सुब्बाविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  16 December, 2024 10:07 pm


काठमाडौं – जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधा।मा आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा अशोक कुमार यादव र दिनेश प्रसाद साहको आपसी मिलेमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात् नियमानुसार प्राप्त गर्नुपर्ने काजकृया तथा क्षतिपूर्ति उपलब्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनका लागि सो घुस माग गरिएको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरु दुई जनाविरुद्ध बिगो रकम २० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ  विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार